काठमाडौं– त्रिवि क्रिकेट रंगशालामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन्।
तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन्।
यस्तै नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतक पूरा गरेका छन्। आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका हुन् ।
आसिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो। नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपाललाई नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७५ रनको लक्ष्य दिएको हो।
नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे। १३८ रनमा पाँच विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्त्वपूर्ण साझेदारी गरे। यस्तै, ओपनर लो लाउरेन्सले ४१ रन जोडे।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।