काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन्। विश्वभरमा उनी तेस्रो स्थानमा छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै सन्दीपले लिग २ मा ५० विकेट पूरा गरेका हुन्। सन्दीपले २३ खेल खेल्दै ५० विकेट पुरा गरे।
ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। विलालले ३५ खेलमा ७६ विकेट लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन्। सौरभले २५ खेलमा ५८ विकेट लिएका छन्।
सन्दीपपछि स्कटल्यान्डका मार्क रोबर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिँदै चौँथो र पाँचौ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।