काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले नामिबियाविरुद्ध बलिङ रोजेको छ। टीयूस्थित क्रिकेट मैदानमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन्।
यसअघि पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग २ विकेटको रोमाञ्चक जित निकालेको थियो। शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेट पराजित गरेको थियो।
शनिबार नेपाल लगातार तेस्रो जितको खोजीमा हुँदा नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले दोस्रो खेलमा स्कटल्याण्डसँग हार बेहोरेको थियो।
जारी सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा छ। नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ।
यस्तो छ नेपालको प्लेइङ ११ :
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुल्सन झा, सन्दीप जोरा, कुशल मल्ल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।