काठमाडौं- महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै काठमाडौंमा ट्राफिक डाइभर्सन गरिएको छ। पशुपति क्षेत्रमा शुक्रबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सनको व्यवस्थापन गरिएको हो।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरूलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी, मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।