तस्बिर : क्यान।
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालको खेल लयमा फर्काएका कुशल मल्ल आउट भएका छन्।
उनले ६७ बल्लमा ८१ रन बनाएर नेपालको खेललाई आशाउन्मुख बनाएका थिए। उनले ९ चौका र ४ छक्का प्रहार गर्दै उक्त आंकडा बनाएका हुन्।
उनीसँग दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझेदारी गर्दै धर्मराएको नेपालको खेललाई लयमा फर्काएका हुन्।
२ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ।
ऐरी ६३ बलमा ४७ रन बनाएर क्रिजमा टिकिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।