काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले पाँचौ विकेट गुमाएको छ। स्कटल्याण्डसँग जवाफी ब्याटिङ गरिरहेको नेपालले ११ औं ओभरमा पाँचौं विकेट गुमाएको हो।
सन्दिप जोरा ८ बलमा पाँच रन बनाउँदै आएट भएका हुन्। २७५ रनको लक्ष्य पाएको नेपालले पहिलो ओभरमा २३ रन बनाएको थियो। ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएका थिए। उनी तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन्।
उनीपछि आएका मल्लले पहिलो बलमा चौका हाने र चौथो बलमा उनी आउट भए। आरिफ शेख १४ बल खेलेर ९ रनमा क्याचआउट भएका छन्। कप्तान रोहित पौडेले १० बलमा जम्मा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
१३ औं ओभर खेलिरहेको नेपालले ८६ रन मात्रै बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।