काठमाडौं– विदेशमा बसेर सामाजिक सञ्जालमार्फत् नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव छन्। वैदेशिक रोजगमारीमा मलेसिया रहेर नेपाल फर्किनेबित्तिकै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी पशुपति रायले बताए।
यादवले एक महिलाको तस्बिर सामाजिक सञ्जालमा श्यर गर्दै अश्लिल गाली गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ।
त्यसपछि महिलाको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो। पक्राउ परेका यादवविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।