काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले खराब सुरुवात गरेको छ। स्कटल्याण्डसँग जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँच ओभर पूरा नहुँदै तेस्रो विकेट गुमाएको हो।
ओपनर कुशल भुर्तेल र आरिफ शेखका साथै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका ज्ञानेन्द्र मल्ल बाहिरिएका हुन्।
२७५ रनको लक्ष्य पाएको नेपालले पहिलो ओभरमा २३ रन बनाएको थियो। ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएका थिए। उनी तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन्।
उनीपछि आएका मल्लले पहिलो बलमा चौका हाने र चौथो बलमा उनी आउट भए। आरिफ शेख १४ बल खेलेर ९ रनमा क्याचआउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।