काठमाडौं- नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका ज्ञानेन्द्र मल्ल बाहिरिएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलिरहेको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
२७५ रनको लक्ष्य पाएको नेपालले पहिलो ओभरमा २३ रन बनाएको थियो। ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएका थिए। उनी तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन्।
उनीपछि आएका मल्लले पहिलो बलमा चौका हाने र चौथो बलमा उनी आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।