एजेन्सी– आफूमाथि लागेको बलात्कारको आरोप खारेज भएपछि फुटबलर क्रिस्टियानो रोनाल्डोले २ लाख ८० हजार पाउण्ड क्षतिपूर्ति पाउने भएका छन्। पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले बलात्कार गरेको दाबी गर्दै उजुरी दिने पक्षबाट उक्त रकम रोनाल्डोले पाउने भएका हुन्।
वकिल समेत रहेकी महिलाले रोनाल्डोले आफूलाई यौन शोषण र बलात्कार गरेको दाबी गर्दै उजुरी दिएकी थिइन्। रानोल्डोविरुद्ध बलात्कारको आरोपमा अमेरिकामा मुद्दा चलेको थियो। अमेरिकाको जिल्ला अदालतका न्यायाधीशले आोपित महिला क्याथरिन मेयोर्गाका वलिक लेस्ली स्टोभलाई रोनाल्डोलाई उक्त रकम हस्तान्तरण गर्न आदेश दिएका हुन्।
विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने ३८ वर्षीय स्टार फुटबलर रोनाल्डोको यो मुद्दा लामो समयसम्म चलेको थियो। उक्त मुद्दामा आरोप लगाउने महिलाका वकिलले समेत लापरबाह आचरण देखाएको भन्दै त्यसको क्षतिपूर्ति स्वरुप उक्त रकम तिर्न आदेश दिइएको हो।
रोनाल्डोले सन् २००९ मा लास भेगासको एक होटलको कोठामा हाल ४० वर्षीया मेयोर्गालाई बलात्कार गरेको कुरालाई सधैं अस्वीकार गर्दै आएका थिए। उनले सहमतिमा यौन सम्पर्क भएको बताएका थिए। प्रहरीले पनि रोनाल्डोमाथि कुनै एक्सन लिएको थिएन।
तर आरोप लगाउने महिलाले भने सन् २०१० मा रोनाल्डोले आफूलाई घटनाको बारेमा नबोल्न र मुद्दा–मामिला नगर्न भन्दै २ लाख ७५ हजार पाउण्ड दिएको दाबी गरेकी थिइन्। तर त्यसको ८ वर्षपछि उनले विभिन्न गोप्य कुराहरु लिक भएको भन्दै लाखौं दाबी गर्दै पुन: मुद्दा दायर गरेकी थिइन्।
गत जुनमा अमेरिकी जिल्ला न्यायाधीश जेनिफर डोर्सीले अदालतमा दायर गरिएका कागजातहरु प्राप्त गर्ने तरिकाबाट आफू असन्तपुष्ट भएको आधारमा उक्त दाबी खारेज गरिदिइन्। न्यायाधीशले वकिल स्टोभलाई बलात्कारको आरोपका बारेमा रोनाल्डो र उनका वकिलहरु बीचको छलफलको विवरण ह्याक गरिएका गोप्य विवरणहरु लिक गरी केसलाई मेनुपुलेट गरेको आरोप लगाइएको छ।
डकुमेन्ट लिक भएको बारेमा रोनाल्डो र उनका वकिलहरुले भने निरन्तर कुरा उठाइरहेका थिए। अहिले रोनाल्डोलाई २ लाख ८० हजार पाउण्ड क्षतिपूर्ति बुझाउन आदेश दिइए पनि यो केसमा रोनाल्डोले ५ लाख ६ हजार पाउण्ड भन्दा बढी खर्च भएको द सनले उल्लेख गरेको छ।
बलात्कार दाबी गरिएका बेला रोनाल्डो २४ वर्षका थिए भने। उनी आफ्नो भाइ र काकासँग छुट्टी मनाउन लस भेगास पुगेका थिए।
मोडल मेयोर्गा २५ वर्षकी थिइन्। उनी पाम्स क्यासिनो रिसोर्टभित्र रेन नाइट क्बलमा काम गरिरहेकी थिइन्। कार्यत्रमस्थलको भीआईपी क्षेत्रमा रोनाल्डो र मेयोर्गाबीच भेट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।