काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले छैटौं विकेट लिएको छ।
नेपालका सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेटको रुपमा ब्रान्डोन म्याकमुलेनलाई क्याचआउट गराए। २४.२ ओभरको स्थितिमा म्याकमुलेन २२ रन बनाएर आउट भए।
सन्दीपले यसअघसि म्याथ्यू क्रस र टम म्याकिन्टोसलाई एलबीडब्लु धरापमा पारेका थिए। १६.१ ओभरको स्थितिमा म्याकिन्टोस १९ रन बनाएर आउट भए। यस्तै, १४.५ ओभरको स्थितिमा म्याथ्यू २ रन मात्रै बनाएर आउट भएका थिए।
यसअघि कुशल मल्लले २ विकेट लिएका छन्। ११.१ ओभरको स्थितिमा कुशल मल्लले स्कटल्याण्डका अर्का ओपनर क्रिश म्याकब्राइडलाई स्लबीडब्ल्यू आउट गरेका थिए। म्याकब्राइड २२ रन बनाएर आउट भए।
नेपालका लागि कुशलले नै पहिलो विकेट लिएका थिए। ७.४ ओभरको स्थितिमा कुशलले स्कटल्याण्डका कप्तान रिचार्ड बेरिङटनलाई आफ्नै बलिङमा क्याचआउट गरेका थिए। बेरिङटन १९ रन बनाएर आउट भएका थिए।
यस्तै, २३.२ ओभरको स्थितिमा कुशल भुर्तेलले क्रिस ग्रीव्सलाई क्याचआउट गराए। ग्रीव्स १६ रन बनाएर आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।