काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले चौथो विकेट लिएको छ।
नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेटको रुपमा टम म्याकिन्टोसलाई एलबीडब्लु धरापमा पारे। १६.१ ओभरको स्थितिमा म्याकिन्टोस १९ रन बनाएर आउट भए।
सन्दीपले यसअघि म्याथ्यू क्रसलाई पनि एलबीडब्लू धरापमा पारेका। १४.५ ओभरको स्थितिमा म्याथ्यू २ रन मात्रै बनाएर आउट भएका थिए।
यसअघि कुशल मल्लले २ विकेट लिएका छन्। ११.१ ओभरको स्थितिमा कुशल मल्लले स्कटल्याण्डका अर्का ओपनर क्रिश म्याकब्राइडलाई स्लबीडब्ल्यू आउट गरेका थिए। म्याकब्राइड २२ रन बनाएर आउट भए।
नेपालका लागि कुशलले नै पहिलो विकेट लिएका थिए। ७.४ ओभरको स्थितिमा कुशलले स्कटल्याण्डका कप्तान रिचार्ड बेरिङटनलाई आफ्नै बलिङमा क्याचआउट गरेका थिए। बेरिङटन १९ रन बनाएर आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।