काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले दोस्रो विकेट लिएको छ।
नेपालका कुशल मल्लले नै दोस्रो विकेट लिएका छन्। ११.१ ओभरको स्थितिमा कुशल मल्लले स्कटल्याण्डका अर्का ओपनर क्रिश म्याकब्राइडलाई स्लबीडब्ल्यू आउट गरे। म्याकब्राइड २२ रन बनाएर आउट भए।
यसअघि नेपालका लागि कुशलले नै पहिलो विकेट लिएका थिए। ७.४ ओभरको स्थितिमा कुशलले स्कटल्याण्डका कप्तान रिचार्ड बेरिङटनलाई आफ्नै बलिङमा क्याचआउट गरेका थिए। बेरिङटन १९ रन बनाएर आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।