काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले पहिलो विकेट लिएको छ।
नेपालका कुशल मल्लले पहिलो विकेट लिएका छन्। ७.४ ओभरको स्थितिमा कुशल मल्लले स्कटल्याण्डका कप्तान रिचार्ड बेरिङटनलाई आफ्नै बलिङमा क्याचआउट गरेका हुन्।
बेरिङटन १९ रन बनाएर आउट भए। ८.३ ओभरको स्थितिमा स्कटल्याण्डले १ विकेट गुमाएर ४३ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।