काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (शुक्रबार) स्कटल्याण्डसँग हुने खेलमा नेपाली टोलीमा एउटा खेलाडी परिवर्तन भएका छन्।
यसअघि फागुन २ गते नामिबियासँग भएको खेलका क्रममा प्लेइङ–११ मा भएका ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिइएको छ। टोलीमा अन्य कुनै परिवर्तन नभएको कप्तान रोहित पौडेलले जनाएका छन्।
नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल काकी, करन केसी, सन्दीप लामिछाने, कुसल भुर्तेल, गुलशन झा, सन्दीप जोरा, कुशल मल्ल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।