काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व निर्वाचनमार्फत चुनिने भएको छ। सात वर्षपछि अखिलमा निर्वाचन हुँदैछ।
अखिलको जारी २३औं महाधिवेशनको निर्वाचन कमिटीका अनुसार १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्।
एक अध्यक्षका लागि पाँच र एक महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका छन्।
महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाय, भाष्कर खनाल र सुदर्शन शिवाकोटीको उम्मेदवारी परेको छन्।
चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन्। निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएका छन्।
१० जना सचिवका लागि ६१ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्यालको उम्मेदवारी छ।
अखिलको नेतृत्वका लागि विद्युतिय मतदान हुनेछ।
हेर्नुहोस् उम्मेदवारको अन्तिम नामावली :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।