काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।