काठमाडौं– आगामी मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेष्टुरेण्टमा नेपाली फुड प्रमोशन कार्यक्रम हुने भएको छ। नेपालको फुड प्रवर्द्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेसनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा फुड प्रमोशन कार्यक्रम हुने भएको हो।
नेपाली फुडलाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनहरुलाई नेपाली खानाको स्वाद र परिकार पस्किने कार्यक्रम छ।
नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ। फुड प्रमोशन कार्यक्रम टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २ सय अस्ट्रेलियन डलर तोकिएको छ। सेफ साहले नेपाली फुडको प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताए।
उनले नेपाली फुडले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशमा चाख्न पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्न लागेको बताए।
कार्यक्रममार्फत् नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।