काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक छेउछाउमा राखिएका मदिराजन्य वस्तुको विज्ञापन बोर्ड १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
बुधबार सडक विभागलाई पत्राचार गर्दै मन्त्रालयले सडक आसपास राखिएका मदिराको होडिङ बोर्ड हटाउन निर्देशन दिएको हो। सडक छेउमा राखिएका मदिराजन्य विज्ञानपनका कारणले चालकको ध्यान भंग गर्ने र दुर्घटना बढ्ने जोखिम हुने मन्त्रालयले जनाएको छ।
नेपाल जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेपनि मदिराको हकमा प्रभावकारी कार्यान्वयन हुन नसकेको मन्त्रालयले बताएको छ।
‘राष्ट्रिय राजमार्गका सडक सीमाभित्र राखिएका यस्ता विज्ञापनहरू १५ दिनभित्र हटाउनका साथै सडक सीमा बाहिर रहेका अन्य जग्गामा रहेका विज्ञापनहरू समेत स्थानीय प्रशासनको समन्वय र सहयोगमा तत्कालै हटाउने व्यवस्था मिलाउन हुन यस मन्त्रालयको मिति २०७९/१०/२९ को सचिवस्तरीय निर्णयाअनुसार अनुरोध छ’, मन्त्रालयको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।