धनगढी– नागरिक उन्मुक्ति पार्टीले प्रथम स्थापना दिवस टीकापुरमा भव्य कार्यक्रम गरेर मनाउँदैछ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा दिवस मनाउन लागिएको छ। दिवसको अवसरमा टीकापुरमा रक्तदान कार्यक्रम पनि गरिएको छ।
नाउपा अघिल्लो वर्ष पुस १९ मा स्थापना भएको थियो।
पार्टी स्थापनापछि नाउपाले तीन वटा चुनाव सामना गरिसकेको छ। उसले स्थानीय सरकारमा ९९ सिट, प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ७ सिट प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।