काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले लघुवित्त तथा सहकारीले अत्याधिक मुनाफा कमाउने उद्देश्य राखेकोले निम्न वर्गका मानिसहरु ऋणको भारमा परेको बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गौतमले उक्त टिप्पणी गरेकी हुन्।
‘शुलभ कर्जा प्रवाह गरी निम्न वर्गका नागरिकलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो। जुन केही हदसम्म सफल भएको थियो। तर अत्यधिक मुनाफा आर्जन राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत् निम्न वर्गीय मानिसलाई ऋण बोकाएर रासातलमै पुर्याउने काम भएको छ,’ सांसद गौतमले भनिन्।
यस्तै, सांसद गौतमले उक्त विषयमा नियमन गर्न राष्ट्र बैंकलाई आग्रह पनि गरेकी छन्। आवश्यक परे अर्को नियामक निकाय गठन गरेर भए पनि नियमन गर्न गौतमले माग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।