काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गत सोमबार भएको मोबाइल लुटपाटका घटनाको योजनाकार र संलग्नलाई राजनीतिक आग्रह नराखी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले ल्होत्से मलमा लुटिएका व्यवसायीहरुले बुधबार बिहान आफूलाई सोधेको प्रश्न भन्दै उल्लेख गरेका थिए- ‘के राज्यले हामीलाई पनि विदेश जान भनेको हो?’
उनले सुनियोजित हिसाबले मजदुर आन्दोलनको नाममा गोंगुब बसपार्कभित्र रहेको ल्होत्से र कान्तिपुर मलमा तोडफोड गरिएको र करोडौंको क्षति भएको बताए।
‘प्रहरी परिचालन प्रभावकारी नहुँदा नहुनुपर्ने क्षति भएको देखिन्छ। धन्न स्थानीयले नजिकैको पेट्रोल पम्प जलाउन रोकाए,’ उनले भने।
खनालले व्यवसायीलाई आवश्यक क्षतिपूर्ति र निर्धक्क व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण पनि गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।