काठमाडौं– काठमाडौं बालाजु तथा माछापोखरीमा भएको मोबाइल पसल लुटपाटको घटनाका दोषीलाई कारबाही गर्न प्रतिनिधि सभामा आवाज उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि अराजक हुन नपाइने बताए।
‘व्यापारीहरु त्यसै त आर्थिक मारमा परेर विस्थापित हुँदैछन्, त्यसैमाथि अमानवीय लुटपाट। दोषीहरुलाई सीसीटीभी र अन्य रेकर्डेड माध्यम हेरेर भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दछु,’ प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले भने।
गत सोमबार बालाजु क्षेत्रमा यातायात मजदुरहरुको विरोध प्रदर्शनका क्रममा मोबाइल पसलमा लुटपाट भएको थियो। सामाजिक सञ्जालमा सेयर भइरहेका भिडिओमा एक हुल युवाहरु मोबाइल पसलमा छिरेर मोबाइल लुटेको देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।