धनगढी– प्रतिनिधि सभा सदस्य अरुण चौधरीको बुधबार श्रव्यदृष्यबाट बयान लिइने भएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीले कैलाली जिल्ला अदालतमा उपस्थित भइ श्रव्यदृष्यबाट उच्च अदालत दिपायलमा बयान दिने भएका हुन्।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको अभियोगकको मुद्दामा चौधरी जिल्ला कारागार कैलालीमा थुनामा छन्।
१९ माघमा बाँकेबाट पक्राउ गरेका, कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो।
२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।
ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।