काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।
मंगलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनसँग क्वात्राले भेट गरेका हु्न्।
भेटघाटमा दुई देशको आपसी सम्बन्ध र ऊर्जा क्षेत्रका बारेमा छलफल भएको बताइएको छ। नेपाल भ्रमणमा रहेका विदेश सचिव क्वात्राले विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुसँग भेटघाट गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।