फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनका सर्मथकहरुले भन्ने गर्छन्- ‘आई लभ यु केपी बा!’ मंगलबार आयोजित अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न प्रज्ञा भवनमा पुगेका उनका सामु विद्यार्थीहरु त्यसैगरी प्रस्तुत भए।
सम्बोधनका लागि पोडियमतर्फ लम्कँदै गरेका ओलीलाई दर्शकदीर्घाबाट ‘केपी बा, आई लभ यु’ भन्दै हुटिङ भएपछि उनले जवाफ पनि फर्काए। ‘थ्यांक यु सो मच। ह्याप्पी भ्यालेन्टाइन डे। लभ यु अल। थ्यांक यु’, ओलीको जवाफ थियो।
करिब ५० मिनेट लामो सम्बोधन सक्नै लाग्दा पनि ओलीले उही जवाफ दोहोर्याए। उनले भने, ‘तपाईंहरुले लभ यु केपी बा खुब भन्नुहुन्छ। आई लभ यु टु। थ्यांक यु।
अखिलको महाअधिवेशन बुधबार नयाँ नेतृतव चयन गर्दै सकिने बताइएको छ। मंगलबारको उद्घाटन सत्रमा ओलीका अतिरिक्त महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।