काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन राजधानीमा सुरु भएको छ। राजधानीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेदेशन उद्घाटन गरेका हुन्।
यो अधिवेशनबाट अनेरास्ववियुको नयाँ नेतृत्व चयन हुने छ।
२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन्।
वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।