काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा २०० रुपैयाँले घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। आइतबार जस्तै सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्यमा भने कुनै फेरबदल आएको छैन। सोमबार जस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। सोमबार पनि चाँदीको मूल्य यथावत् रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।