काठमाडौं– विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र सरकारबीच वार्ता सुरु भएको छ।
ट्राफिक जरिवाना खारेजीलगायत १० बुँदे माग राख्दै यातायातसमेत बन्द गरेका व्यसायीलाई सरकारले वार्तामा आउन आह्वान गरेको थियो।
केही बेरअघि सिंह दरबारमा यातायात मजदुर र सरकारबीच वार्ता सुरु भएको छ। वार्ता उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सुरु भएको हो।
विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए। उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए। सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।