काठमाडौं- एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्।
नेकपा एमालेका लोकप्रिय नेता तथा सफल अर्थमन्त्री स्व अधिकारी छोरी लीमा एमाले विभाजनपछि एकीकृत समाजवादीमा थिइन्।
सोमबार बसेको रास्वपा बैठकले उनलाई पनि केन्द्रीय सदस्यमा समेटेको हो। यसअघि उनी एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारीमा थिइन्।
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय भएकी उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत बनिसकेकी छिन्। लीमा भरतमोहनका तीन छोरीमध्ये माहिली हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।