काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा १६ जना थपेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गरी ४० जनाको बनाएको हो।
पहिलो चरणमा १६ जना थपिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। फेरि थप हुने उनले जानकारी दिए।
केन्द्रीय सदस्यका करिब १०० जना आकांक्षीमा १६ जना मनोनित भएका हुन्। नयाँ केन्द्रीय सदस्यमा रमेश प्रसाईंदेखि ज्वाला संग्रौलासम्म परेका छन्।
थपिएका १६ जनाको नामसूची:
१. निशा मेहता
२. विन्दवासिनी कंसाकार
३. रुपा शंकर
४. विजय जैरु
५. मेघ आले
६. मोहनबहादुर थापा
७. खुस्बु श्रेष्ठ
८. टीका संग्रौला ‘ज्वाला’
९. हरि भट्ट
१०. ध्रुब गिरी
११. लिमा अधिकारी
१२. रमेश प्रसाईं
१३. अर्जुन अधिकारी
१४. क्रान्तिशिखा धिताल
१५. प्रतिभा रावल
१६. गोमा क्षेत्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।