काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार बसेको बैठकले उक्त निर्णय लिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकुटीले जानकारी दिए।
उनले भने, ‘सरकारका विषयमा धेरै छलफल गरेनौं। सहमति तोडिएको आभाष भएपछि बाहिरिएका हौं। फेरि सहमति भयो भने जान सकिन्छ।’
आफूहरुले सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छिटो उपनिर्वाचन गर्न माग गरेको बताउँदै वैशाख १० मा घोषणा गरिएकोमा स्वागत गरेको बताए। उपनिर्वाचनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको पनि उल्लेख गरे।
यसैगरी, रास्वपा केन्द्रीय समितिमा १६ जना थपेर ४० पुर्याइएको छ। थप्ने क्रम जारी रहने बुर्लाकोटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।