सोमबार काठमाडौंको बालाजु क्षेत्रमा आन्दोलनमा उत्रिएका यातायात मजदुरहरु
काठमाडौं– यातायात मजदुरहरुले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। विज्ञप्ति जारी गर्दै यातायात मजदुरहरूले उपत्यकामा यातायात ठप्प पार्ने बताएका हुन्।
विरोधका पूर्व निर्धारित कार्यक्रम अनुसार नयाँ बसपार्कमा भेला भएका मजदुरहरुमाथि ठेकेदार कम्पनी लोत्सेले गुण्डागर्दी गरेको उनीहरुको आरोप छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेका हुन्। तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको यातायात मजदुरहरुको भनाइ छ।
‘फागुन ३ गते देशब्यापी आन्दोलन गरिने पूर्व निर्धारित कार्यक्रमअन्तर्गत भेला भएका मजदुरमाथि ल्होत्से कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्नुका साथै चालकहरूको लाइसेन्स निलम्बन गर्ने नियम बनाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।