काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्रा र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका क्वात्राले सोमबार अपराह्न देउवासँग भेट गरेका हुन्।
सचिव क्वात्रासँग भेटपछि सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले नेपाल–भारत बीचको पारस्पसरिक हितको विषयमा छलफल भएको बताएका छन्।
‘भारतका विदेश सचिव श्री विनय मोहन क्वात्रासँग भेटमा हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौँ र जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा पनि छलफल गरेका छौँ,’ देउवाले लेखेका छन्,‘हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।