काठमाडौं– नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा विमला राई पौड्याललाई शिष्टाचार भेट गरेका छन्।
नेपाल-भारतको सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आएकी क्वात्राले सोमबार अपराह्न शिष्टाचार भेट गरेका हुन्।
उक्त भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा, ऊर्जा क्षेत्रमा सहयोग, व्यापार, पारवहन, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, कनेक्टिभिटी पूर्वाधार लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।