काठमाडौं– दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल आएकी छन्।
उनी नेपाल आइसकेको भएपनि भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन। नेपाल भ्रमणको क्रममा अख्तरले सरकारी अधिकारीलगायत नेपाली सेनाका अधिकारीसँग भेटघाट गर्ने बताइएको छ।
‘उप–सहायक विदेशमन्त्री अख्तरको भ्रमणका क्रममा उहाँले ईसीमोड तथा ऊर्जा नेपालका हाम्रा नेपाली साझेदारहरूका साथै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ र जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नु हुनेछ,’ राजदूतवासले बताएको छ।
यसअघि गत साता मात्रै अमेरिकी सहयोग नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले दुई दिने भ्रमण गरेर फर्किएकी थिइन्। उनी अमेरिकाको मन्त्री तहकी उच्च अधिकारी हुन्।
यस्तै, पावरभन्दा ठीक एक साताअघि राजनीतिक मामिलाकी उपमन्त्ती भिक्टोरीया न्यूल्याण्डले नेपाल भ्रमण गरकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।