काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनयुद्ध दिवसको नाममा दिइएको बिदाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार ट्विट गर्दै उनले जनयुद्धलाई संविधानले नचिनेको बताए।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ उनले भनेका छन्।
उनले बिदा दिएर आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? भन्ने प्रश्न गरेका छन्। ‘देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’ उनको प्रश्न छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिदा दिने निर्णय गरेको थियो।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ फागुन १ देखि राज्यविरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो। जुन २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामार्फत् अन्त्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।