काठमाडौं– नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबारबाट सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनय मोहन क्यात्रा सोमबार बिहान काठमाडौं आइपुगेपछि बैठक सुरु भएको हो।
नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रणको बैठक करिब ७ महिनापछि बसेको हो। यसअघि यस्तो बैठक भदौ २८ र २९ मा दिल्लीमा बसेको थियो।
यो संयन्त्रको बैठकमा नेपाल भारतका विभिन्न आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ। यो बैठकमा नेपाल भारत सीमाका सन्दर्भमा देखिएका समस्याबारे पनि छलफल हुने सम्भावना रहेको छ।
बैठक काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।