काठमाडौं- नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेल र परराष्ट्र मन्त्री बिमला राई पौड्यालबीच भेटवार्ता भएको छ। मन्त्री पौड्याल र राजदूत हेलबीच सोमबार भेटवार्ता भएको हो।
उक्त भेटमा दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटपछि समाजिक ट्विटरमार्फत परराष्ट्रले उक्त कुरा बताएको हो।
‘नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको छ,’ परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।