काठमाडौं– भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। २ दिने भ्रमणका क्रममा क्वात्रा सोमबार बिहान काठमाडौं आइपुगेका हुन्।
परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन् क्वात्रा काठमाडौं आइपुगेका हुन्। नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र सचिव क्वात्रा नेतृत्वको संयन्त्रको संयुक्त बैठक होटल याक एण्ड यतीमा बस्ने परराष्ट्र मन्त्रालयले बताएको छ।
संयन्त्रमा नेपाल र भारत बीचका विभिन्न आयाममा छलफल हुने बताइएको छ।
क्वात्राले परराष्ट्रमन्त्री, प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।