काठमाडौं– नेपाल सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध भएको छ।
द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन्। दुवै समूहले आजको दिनलाई कालो दिवस भन्दै जिल्ला अदालत काठमाडौं परिसर अगाडि विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले सार्वजनिक बिदा खारेज गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिन माग गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय पछि यसको चौतर्फी विरोध हुँदै आएको छ।
सत्तारुढ दलभित्रै यो निर्णयको विरोध भएको छ। राप्रपाले त आइतबार नै कुनै एक दलको नेतृत्वमा भएको हिंसालाई उत्सवका रुपमा मनाउनु दुर्भाग्य भएको बताएको छ।
यता नेकपा एमालेका सांसदहरुले पनि सार्वजनिक बिदा दिने निर्णय शासकीय अख्तियारको दुरुपयोगका रुपमा टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।