फाइल तस्बिर काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ। बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ।
यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर, नागरिकता विवादका कारण अदालतले सांसद पद खारेज हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।