• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
व्यावसायिक कृषिमा युवाको आकर्षण
64x64
रासस सोमबार, फागुन १, २०७९  ०७:५७
1140x725

ढोरपाटन– ‘विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा सात लाख बढी लगानी गरेको छु,’ शिक्षक गोपीकृष्ण क्षेत्रीले भने।

निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीन  प्लास्टिक टनेल देखिन्छ। टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि।

हरेक दिन बिहान र बेलुका यही भेटिन्छन् उनी। यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो तर, उनी आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउँछन्। यद्यपि उनको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिँदैन।

क्षेत्री कृषकभन्दा बढी ‘मास्टर’ भनेर परिचित छन्। उनको मुख्य पेसा शिक्षण हो। विसं २०६८ देखि शिक्षण पेसामा आबद्ध भएका उनले व्यावसायिक कृषि पेसालाई पनि आत्मसात् गरिरहेका छन्। 

दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री बिहान–बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्छन्। उनको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दङ्ग पर्छन्। कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ सहयोग छ। यसले गर्दा अझ बढी उनी हौसिएका छन्। 

उनले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गरेका छन्। आठ वर्षदेखि शिक्षण पेसालाई अँगाल्दै आए पनि तीन वर्ष अगाडि मात्रै प्रावि तहको स्थायी शिक्षक बनेका थिए। 

हाल उनी जनजीवराज सुशीला माध्यमिक विद्यालय झिम्पामा शिक्षण गरीरहेका छन्। विशेष गरी फलफूल र तरकारी उत्पादनलाई जोड दिएका क्षेत्रीले आम्दानी पनि राम्रो हुँदै गएको बताए।

‘त्यसरी धेरै आम्दानी त गर्न सकिएको छैन, सुरु गरेको पनि धेरै भएको छैन, जे होस् लगानीअनुसारको आम्दानी हुन थालेको छ’, उनले भने, ‘लगानी बढाउँदै छु, आम्दानी पनि विस्तारै बढ्ने अपेक्षा छ।’ 

Ncell 2
Ncell 2

क्षेत्रीको बारीमा अहिले रहर लाग्दा तरकारी र फलफूल देख्न सकिन्छ। उनले हाइटेक टनेल निर्माण गरेर तरकारी र फलफूलाई फलाउन र उब्जाउन सुरु गरेका छन्। 

तरकारी र फलफूल बेचेर वार्षिक करिब तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेको उनको भनाइ छ। बजारको समस्या नहुँदा मर्कामा नपरेको उनको भनाइ छ। 

उत्पादित तरकारी र फलफूल झिम्पा गाउँलगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङ लगायतका स्थानमा खपत हुने गरेको छ। उत्पादनलाई बिदाको समयमा बजार पुर्‍याउने गरेको उनी सुनाउँन्। ग्राहक बारीमै पनि तरकारी खरिद गर्न आउने क्षेत्रीले बताए। 

निसीखोला–५ कारीगाउँका धर्मराज पोखरेले करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरे। विदेशमा हण्डर खाएपछि उनी एक दशकदेखि गाउँमै व्यावसायिक कृषिमा लागेका छन्। पोखरेलका घर वरपरका बारी विभिन्न जातका फलफूलले ढाकिएका छन्।

पछिल्लो समय पोखरेलले अमिलो जातका फलफूल उत्पादनमा जोड दिएका छन्। उनले १५ रोपनी बारीमा कागती खेती गरेका छन्। कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उनका बारीमा छन्।

अघिल्लो वर्ष एक लाखको कागती बिक्री गरेका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गरेका छन्। उनले फलफूलसँगै कुखुरा, टिमुर र चुक (कागतीको पकाएको रस) समेत बिक्री गर्दै आएको बताए। 

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनको भनाइ छ। फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेलको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको भन्दै ५० हजार बराबरको टिमुर बिक्री गर्ने उनले बताए। 

कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ। पोखरेलले फलफूल, तरकारी तथा खाद्यान्न बेचेर वार्षिक करिब १० लाख बढी आम्दानी गर्ने बताए। 

लिलाबहादुर घर्तीले पनि वर्षौं विदेशमा सङ्घर्ष गरेर अहिले व्यावसायिक कृषि गरीराखेका छन्। घर्तीले निसीखोला–४ थापागाउँमा सात वर्ष पहिले सुरुको फलफूल खेतीले अहिले राम्रो उत्पादन दिन थालेको। कतार र भारतमा एक दशक बिताएका घर्तीले स्वदेशमै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताए। 

‘अरुको देशमा धेरै दुःख सङ्घर्ष गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गामा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ’, घर्तीले भने। 

उनले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीको बिरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताए। 

उनले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी तथा टिमुर खेती विस्तार गरेका छन्। आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको उनी बताउँछन्। 

उनको बारीमा अहिले किवीका सय बोट छन् भने सयौँ बोट टिमुर छन् । ती सबैले फल दिन थालेको उनको भनाइ छ। व्यावसायिक कृषिले आफूसँगै सन्ततिलाई पनि टेवा पुग्ने उनी बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
प्रभावकारी बन्दै काठमाडौँ महानगरको  ‘एक वडा, एक नमूना’ कार्यक्रम
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
सम्बन्धित सामग्री
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँ... आइतबार, असार १, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
म्याग्दीमा भिरमह उत्पादन ७५ प्रतिशतले घट्यो हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षातले मौरी चरन क्षेत्रमा जान नसक्दा गोलाको मह खाएकाले उत्पादन घटेको पाइजाले बताए । म्याग्दी... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
टी–२० आई सिरिज: नेदरल्यान्ड्सले दियो १५३ रनको चुनौतीपूर्ण लक्ष्य, सन्दीपले लिए तीन विकेट सोमबार, असार २, २०८२
तीन लाख धरौटी बुझाएर छुटे धवलशमशेर सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू सोमबार, असार २, २०८२
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्