काठमाडौं– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन्।
आइतबार मुख्यमन्त्री शाहले डिल्लीबजार कारागार पुगेर टीकापुर घटनाका मुख्य आरोपी चौधरीलाई भेटेका हुन्। मुख्यमन्त्री शाहले चौधरीसँगको भेट सामान्य भेटघाट मात्रै भएको प्रतिक्रिया दिएका छन्।
यसैबीच शनिबार मुख्यमन्त्री शाह जानकी गाउँपालिका–९ स्थित चौधरीको घरमा पुगेका थिए। घरमा शाहले रेशम चौधरीको रिहाइका लागि सरकारसँग कुरा गर्ने आश्वासन दिएका थिए।
शनिबार बिहान चौधरीकी आमा सुनफीदेवी र दिउँसो चौधरीकी पत्नी तथा नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।