धनगढी– प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिटमा उच्च अदालतले सरकारी वकिल कार्यालय कैलालीलाई लिखित जवाफ दिन अन्तरिम आदेश जारी गरेको छ।
आइतबार न्यायाधीश देशबहादुर सार्कीको इजलासले जिल्ला वकिल कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका दिन ११:०० बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत् लिखित जवाफ पेस गर्नू’ भनि आदेश गरेको हो।
यस्तै उक्त आदेशमा म्याद गुजारी बसेमा पछि उजुरबाजुर नलाग्ने भनिएको छ। कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्यदृश्य संवाद कक्षमा उपस्थित गराउन पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।