काठमाडौं– निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ। तत्कालीन सांसद रवि लामिछाने नागरिकता प्रकरणपछि उनको पद खारेज भएको थियो। त्यसपछि उक्त क्षेत्र रिक्त रहेको थियो।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल बैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको आयोगले विज्ञप्तिमार्फत् जनाएको छ।
सर्वोच्चको उक्त निर्णयपछि आयोगले उपनिर्वाचनको तयारी सुरु गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।