काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १५.५३ प्रतिशत मात्रै खर्च गरेको छ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उद्योग मन्त्रालयले साउनदेखि पुससम्ममा कूल बजेटको एक अर्ब ६२ करोड ७३ लाख रूपैयाँ अर्थात् १५.५३ मात्रै खर्च गरेको उल्लेख गरिएको छ।
चालू आर्थिक वर्षका लागि सो मन्त्रालयलाई १० अर्ब ४७ करोड ९० लाख रूपैयाँ विनियोजन गरिएको थियो।
कार्यान्वयन विधि निर्क्योल नहुनु तथा औद्योगिक क्षेत्रको जग्गा विकासको लागि बस्ती व्यवस्थापन हुन सकेका कारण विनियोजित रकमभन्दा कम खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।