काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेट ल्याउँदा तय गरेको ८ प्रतिशतको आर्थिक वृद्विदरको लक्ष्य पूरा नहुने दाबी गरेका छन्।
आर्थिक वर्ष ०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा प्रतिनिधि सभामा आइतबारको बैठकमा दिएको वक्तव्यमा उनले उक्त दाबी गरेका हुन्।
‘अर्थतन्त्रको विद्यमान प्रवृत्ति आंकलन गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर हासिल गर्ने चालू वर्षको लक्ष्य पूरा हुने देखिँदैन,' मन्त्री पौडेलले भने।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर पूरा गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।