काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयातमा गरिएको नियमनका कारण राजश्व संकलन नकारात्मकतातर्फ गएको बताएका छन्।
आर्थिक वर्ष ०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा प्रतिनिधि सभाको आइतबारको बैठकमा दिएको वक्तव्यमा उनले उक्त कुरा बताएका हुन्।
‘आयत नियमनको असर तथा आर्थिक गतिविधिमा भएको सुस्तता लगायतका कारणहरूले गर्दा राजश्व वृद्विदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनभा चरम दवाव परेको छ,’ मन्त्री पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।