काठमाडौं- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भूमि ऐनमा उल्लेखित जग्गासम्बन्धीको हदबन्धीले पहाडी जिल्लाबाट बसाइँ सर्नेक्रम बढेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले उक्त कुरा बताएका हुन्। साथै सांसद भट्टराईले ऐनमा भएको उक्त व्यवस्थालाई पुनरवोलकन गर्न पनि सरकारसँग माग गरेका छन्।
‘भूमि ऐन अनुसार जग्गाको हदबन्धी तोकिएको छ। पहाडी र हिमाली जिल्लामा ७५ रोपनी, तराईमा १५१, र काठमाडौंमा ३० रोपनी छ। यो व्यवस्थाले पहाडी र हिमाली जिल्लामाथि अन्याय भएको छ। उपत्यका र तराईका तुलनामा पहाडी क्षेत्रमा न्यून उत्पाकत्व हुने हुँदा मूल्य न्यून छ। गरिब र धनीको खाडल बढेको छ।’
उनले पहाडी जिल्लाबाट बसाइँ–सराईको क्रम बढ्नुका साथै श्रमशक्तिको पनि तीव्र गतिमा पलायन भएको बताए। उनले अघि भने, ‘भू-उपयोगको नीति, उत्पाकत्वको क्षमता, व्यवसायिक प्रतिफल आधारमा न्यायोचित ढङ्गले जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरवोलकन गर्न माग गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।